स्वाबलम्बन लघुवित्तको नाफा झण्डै दोब्बरले बढ्यो, खराब कर्जा पनि घट्यो

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य सुधार आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९४.२१ प्रतिशतले बढेको हो ।

लघुवित्तले चालु आवको पुस मसान्तसम्म ८ करोड ७ रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३ करोड ९२ लाख रुपैयाँ कम हो । गत वर्ष पुससम्म स्वाबलम्बनले ४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २०.०२ प्रतिशतले बढेर ८० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, पुससम्म लघुवित्तको संचालन नाफा ९४.२१ प्रतिशतले बढेर ११ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले १४ अर्ब ८९ करोड रुपैयाँ निक्षेप र २ अर्ब ५८ करोड रुपैयाँ सापटी लिई कुल १९ अर्ब ४८ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियम ८ लाख ६८ हजार, रिटेन्ड अर्निङमा १० करोड १२ लाख र जगेडा कोषमा १ अर्ब ७२ करोड रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँबाट बढेर ९.७५ रुपैयाँ पुगेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा ११.३६ प्रतिशतबाट घटेर ८.२८ प्रतिशतमा झरेको छ ।

 

आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै Read Previous

आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै

अझै मर्जरमा जान चाहन्छन् डेढ दर्जन बैंक र फाइनान्स, यिनले गरे प्रस्ताव पारित Read Next

अझै मर्जरमा जान चाहन्छन् डेढ दर्जन बैंक र फाइनान्स, यिनले गरे प्रस्ताव पारित