आठौं अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि सुरू, दर्जन बढी देशका व्यवसायी सहभागी

काठमाडौं । पाल चेम्बर अफ कर्मसद्वारा आयोजित ‘आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला-२०२५’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । ५ दिनसम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टल एक्स्पोमा छन् । एक्स्पोमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।
‘मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीले नविनतम् प्रविधि, उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरणबारे प्रत्यक्ष अवलोकन गर्न सकिने अवसर प्रदान गरेका हुन्छन,’ उनले भने, ‘मुलुकभित्र यस्ता आर्थिक क्रियाकलापको विस्तारले वाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी तथा व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुन्छ ।’
उनका अनुसार एक्स्पोमा यस वर्ष अन्तर्राष्ट्रियस्तरको ‘सफ्टवयर’ र ‘एआई’ परियोजना आर्कषणको केन्द्रको रुपमा रहेका छन् । मुलुकमा अन्तर्राष्ट्रियस्तरको प्रर्दशनी कक्ष निर्माण गर्न अविलम्व पहल गरिनुपर्ने र यसका लागि सरकारसँग सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालले बताए ।
यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रसाधन सामग्रीलगायतको प्रदर्शनी आगन्तुकका लागि आकर्षणको केन्द्र बन्न सक्ने विश्वास गरिएको छ ।
एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, यूएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका व्यवसायीले उक्त देशमा उत्पादित वस्तुसहित सहभागिता जनाएका छन् ।
ठूलो मात्रामा उत्पादन गरी निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह Read Previous

ठूलो मात्रामा उत्पादन गरी निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री भेटेपछि आन्दोलनबाट पछि हटे निर्माण व्यवसायी, कार्यदल गठन गर्न निर्देशन Read Next

प्रधानमन्त्री भेटेपछि आन्दोलनबाट पछि हटे निर्माण व्यवसायी, कार्यदल गठन गर्न निर्देशन