प्रधानमन्त्री भेटेपछि आन्दोलनबाट पछि हटे निर्माण व्यवसायी, कार्यदल गठन गर्न निर्देशन

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले घोषणा गरेको आन्दोलनको कार्यक्रम स्थगित भएको छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र महासंघका प्रतिनिधिमण्डल बीच भएको भेटपछि महासंघले माघ १८ गतेदेखि गर्ने भनेको आन्दोलन स्थगित गरिएको हो ।

महासंघले बिहीबर एक विज्ञप्ति जारी गर्दै पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी गराएको हो ।

प्रधानमन्त्रीसँग छलफलका क्रममा महासंघका मागहरू सम्बोधन गर्नका लागि एक कार्यदल गठन गर्न निर्देशन भई सकारात्मक रूपमा उक्त छलफल टुङ्गिएकाले तत्कालका लागि महासंघबाट घोषित आन्दोलनका पूर्व घोषित सबै कार्यक्रमहरू स्थगित गरिएको महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत पुस २७ गते राष्ट्रिय भेला आयोजना गरी महासंघले १४ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको थियो । महासंघले आफ्ना मागहरु सम्बोधन गर्न सरकारलाई माग १५ गतेसम्मको अल्टिमेटम समेत दिएको थियो ।

त्यस्तै, प्रदेश निर्माण व्यवसायी महासंघहरूले सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू समक्ष ज्ञापनपत्र पेस पनि गरेका थिए ।

आठौं अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि सुरू, दर्जन बढी देशका व्यवसायी सहभागी Read Previous

आठौं अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि सुरू, दर्जन बढी देशका व्यवसायी सहभागी

'सूचना प्रविधि क्षेत्रबाट वार्षिक १० खर्ब बढी आम्दानी गर्न सकिन्छ' Read Next

'सूचना प्रविधि क्षेत्रबाट वार्षिक १० खर्ब बढी आम्दानी गर्न सकिन्छ'