नेप्सेमा दोहोरो अंकको कमब्याक, यी ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारले दोहोरो अंकको कमब्याक गरेको छ । गत बिहीबारदेखि लगातार दोहोरो अंकले बढेर नेप्से आज २४ अंकले बढेको हो ।

मंगलबार नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ बिन्दुमा पुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४८ करोड रुपैयाँले बढेर ९ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक ४.०७ प्रतिशतले बढेको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक ३८ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज दोल्ती पावरका लगानीकर्ताले सर्वाधिक ८.४३ प्रतिशत गुमाएका छन् ।

 

सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता,  नगद जरिवाना र कैदको व्यवस्था Read Previous

सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता, नगद जरिवाना र कैदको व्यवस्था

डिजिटल भुक्तानी निःशुल्क गर्न माग Read Next

डिजिटल भुक्तानी निःशुल्क गर्न माग