अग्राधिकार सेयर जारी गर्न कामना सेवाले नियुक्त गर्यो बिक्री प्रबन्धक

काठमाडौं । कामना सेवा विकास बैंकले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ ।

बैंकले अंकित मूल्य १०० रुपैयाँ दरले ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता अग्राधिकार सेयर जारी गर्ने भएको छ ।

अग्राधिकार सेयर परिपत्र विधिबाट निष्काशन गर्नका लागि बैंकले एनआइएमबी एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

बैंकको पूरक पूँजी बढाउने उद्देश्यले जारी गर्न लागेको वार्षिक ९ प्रतिशत लाभांश दर भएको अग्राधिकार सेयर अविमोच्य अवधि भएका कारण भुक्तानी अवधि तोकिएको छैन । उक्त सेयरहरु परिपत्र विधिबाट निष्काशन गरिने जनाइएको छ ।

उक्त निष्काशन सम्बन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र क्यापिटलका तर्फबाट सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।

पुनर्बीमा कम्पनीको चुक्ता पूँजी पुर्याउने म्याद १ वर्ष थप, कुनले कति थप्नु पर्छ ? Read Previous

पुनर्बीमा कम्पनीको चुक्ता पूँजी पुर्याउने म्याद १ वर्ष थप, कुनले कति थप्नु पर्छ ?

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट Read Next

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट