पुनर्बीमा कम्पनीको चुक्ता पूँजी पुर्याउने म्याद १ वर्ष थप, कुनले कति थप्नु पर्छ ?

काठमाडौं । पुनर्बीमा कम्पनीहरूको चुक्ता पूँजी पुर्याउने समय १ वर्ष थप भएको छ ।

पुनर्बीमा कम्पनीले यसअघि तोकिएको समयमा चुक्ता पूँजी पुर्याउन नसकेपछि नेपाल बीमा प्राधिकरणले पूँजी वृद्धि गर्ने समय १ वर्ष थप्ने निर्णय गरेको हो ।

प्राधिकरण संचालक समितिको पुस अन्तिम साता बसेको बैठकले पूँजी वृद्धि गर्ने समय १ वर्ष थप्ने निर्णय गरेको हो ।

प्राधिकरणले २०८० माघ १७ गते पुनर्बीमा कम्पनीहरूले १ वर्षभित्र २० अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने निर्णय गरेको थियो । सो अनुसार यही माघ १७ गतेसम्म दुवै पुनर्बीमा कम्पनीले चुक्ता पूँजी २० पुर्याउनुपर्ने थियो । तर, कुनैले पनि पुर्याउन नसकेपछि प्राधिकरणले फेरि समय थप गरेको हो ।

नेपालमा हाल हिमालयन रि इन्स्योरेन्स र नेपाल पुनबीर्मा गरी दुई वटा पुनर्बीमा कम्पनी संचालनमा छन् । जसमा नेपाल पुनर्बीमाको चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ भने हिमालयन रिको चुक्ता पूँजी १० अर्ब ४० करोड रुपैयाँ छ ।

हिमालयनले ८० प्रतिशत हकप्रद सेयर जारी गरी चुक्ता पूँजी पुर्याउने प्रस्ताव गरे पनि प्राधिकरणले हालसम्म स्वीकृति दिएको छैन । नेपाल पुनर्बीमाले भने हालसम्म पूँजी वृद्धिको योजना नै पेश गरेको छैन ।

तोकिएको चुक्ता पूँजी पुर्याउन हिमालयनले ९ अर्ब ६० करोड रुपैयाँ र नेपाल पुनर्बीमाले ६ अर्ब ५८ करोड रुपैयाँ पूँजी थप गर्नुपर्नेछ ।

माछापुच्छ्रे क्यापिटलद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न Read Previous

माछापुच्छ्रे क्यापिटलद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अग्राधिकार सेयर जारी गर्न कामना सेवाले नियुक्त गर्यो बिक्री प्रबन्धक Read Next

अग्राधिकार सेयर जारी गर्न कामना सेवाले नियुक्त गर्यो बिक्री प्रबन्धक