नेप्सेमा लगातार दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट आएको छ । गत बिहीबारदेखि दोहोरो अंकले ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।

सोमबार नेप्से परिसूचक १०.६६ अंकले घटेर २६३३.२७ बिन्दुमा आइपुगेको छ । आज ८ अर्ब ९२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूह मध्ये ८ समूहकाे परिसूचक घटेको छ भने ५ को बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशतले बढेको छ भने व्यापार समूहको १.८६ प्रतिशतले घटेको छ ।

आज सिन्धु विकास बैंकको सर्वाधिक २९ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको २८ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ८.४६ प्रतिशत गुमाएका छन् ।

 

अग्राधिकार सेयर जारी गर्न कामना सेवाले नियुक्त गर्यो बिक्री प्रबन्धक Read Previous

अग्राधिकार सेयर जारी गर्न कामना सेवाले नियुक्त गर्यो बिक्री प्रबन्धक

राष्ट्रिय सहकारी नियमन प्राधिकरण उद्घाटन, २ वर्षभित्र समस्या समाधान गर्ने Read Next

राष्ट्रिय सहकारी नियमन प्राधिकरण उद्घाटन, २ वर्षभित्र समस्या समाधान गर्ने