एआईमा ५ खर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा, १ लाख नयाँ रोजगारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) क्षेत्रमा ५ खर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् ।

उनले यो लगानी आगामी ५ वर्षमा ओरेकल, ओपन एआई र सफ्ट बैंकजस्ता ठूला प्रविधि कम्पनीहरूले गर्ने बताएका हुन् । यसका लागि ट्रम्पले नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ स्थापना गर्ने घोषणा गरेका छन् ।

यसले १ लाख नयाँ रोजगारी पनि सिर्जना गर्ने बताएका छन् । ‘कम्पनीहरूले गर्ने यो हुने परियोजनामा सुरुमा १०० अर्ब डलर लगानी गर्नेछन्, आगामी वर्षहरूमा ५०० अर्ब डलरसम्म पुर्याउने योजनाहरू छन्। यो परियोजनाले अमेरिकामा १ लाख रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ,’ ट्रम्पले भने।

ओरेकलका वरिष्ठ अधिकारी एलिसनले टेक्सासमा डाटा सेन्टर निर्माण गर्ने काम पहिले नै भइरहेको बताएका छन्, जहाँ १० वटा भवन निर्माणाधीन छन् । अब यसलाई बढाएर २० र्पुयाइनेछ ।

‘यो यस युगको सबैभन्दा महत्त्वपूर्ण परियोजना हो र यो ट्रम्पबिना हुन सक्दैनथ्यो,’ ओपन एआई कम्पनीका प्रमुख अल्टम्यानले दाबी गरेका छन् ।

यसैबीच, सफ्टबैंक कम्पनीका मासायोशी सनले ट्रम्पका शब्दहरू सापट लिँदै भने, ‘यो अमेरिकाको स्वर्ण युगको सुरुवात हो ।’ बीबीसी

अग्राधिकार सेयर जारी गर्न कामना सेवाले पायो राष्ट्र बैंकबाट स्वीकृति Read Previous

अग्राधिकार सेयर जारी गर्न कामना सेवाले पायो राष्ट्र बैंकबाट स्वीकृति

नेप्सेमा हाफ सेञ्चुरीको छलाङ, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा हाफ सेञ्चुरीको छलाङ, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट