अग्राधिकार सेयर जारी गर्न कामना सेवाले पायो राष्ट्र बैंकबाट स्वीकृति

काठमाडौं । कामना सेवा विकास बैंकलाई नेपाल राष्ट्र बैंकले अविमोच्य अग्राधिकार सेयर (सेयर रकम फिर्ता नहुने) जारी गर्न स्वीकृति दिएको छ ।

राष्ट्र बैंकले कामनालाई ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्न स्वीकृति दिएको हो ।

बैंकले यसअघि १८औं साधारणसभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ ।

बैंकले गत असार १७ गते वार्षिक ९ प्रतिशत प्रतिफल पाउने गरी ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो । यद्यपि, नाफा कमाएको वर्ष मात्रै लाभांश दिने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत पूँजीकोषको दबादमा रहक बैंक तथा वित्तीय संस्थाले अग्राधिकार सेयर जारी गर्न पाउने व्यवस्था गरेको थियो । गत असार १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।

काठमाडौंका ११८ सहकारीले दिएनन् बचतफिर्ता, साढे ४ अर्ब फिर्ता माग्दै निवेदन Read Previous

काठमाडौंका ११८ सहकारीले दिएनन् बचतफिर्ता, साढे ४ अर्ब फिर्ता माग्दै निवेदन

एआईमा ५ खर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा, १ लाख नयाँ रोजगारी Read Next

एआईमा ५ खर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा, १ लाख नयाँ रोजगारी