नेपाल फाइनान्सको नाफा २५ गुणाले बढ्यो, खराब कर्जा घट्यो

काठमाडौं । नेपाल फाइनान्सको खुद नाफामा उछाल आएको छ । फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २४२५.१२ प्रतिशतले बढेको हो ।

चालु आवको पुस मसान्तसम्म फाइनान्सले २ करोड ५ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १ करोड ९६ लाख रुपैयाँ धेरै हो । गत वर्ष पुससम्म फाइनान्सले जम्मा ८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा फाइनान्सकोे ब्याज आम्दानी बढ्दा र इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो ।

समीक्षा अवधिमा फाइनान्सकोे खुद ब्याज आम्दानी १२.१५ प्रतिशतले बढेर ५ करोड ५२ लाख रुपैयाँ पुगेको छ । फाइनान्सकोे संचालन नाफा ३५०७.२७ प्रतिशतले बढेर २ करोड ९२ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीले २ करोड ६१ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ ।

पुस मसान्तसम्ममा फाइनान्सले ३ अर्ब ५७ करोड निक्षेप संकलन गरी २ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल ७२ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सकोे जगेडा कोषमा ४८ करोड १४ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा फाइनान्सकोे रिटेन्ड अर्निङ २६ करोड १९ लाख रुपैयाँ ऋणत्मक छ ।

नाफासँगै फाइनान्सकोे प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा फाइनान्सकोे प्रतिसेयर आम्दानी २२ पैसाबाट बढेर ५.६२ रुपैयाँ पुगेको छ ।

यस अवधिमा फाइनान्सको खराब कर्जामा पनि सुधार आएको छ । गत वर्ष पुससम्म १०.५२ प्रतिशत रहेको फाइनान्सको खराब कर्जा चालु आवको सोही अवधिमा घटेर १०.४६ प्रतिशतमा आएको छ । समीक्षा अवधिमा फाइनान्सकोे प्रतिसेयर नेटवर्थ १३७.०७ रुपैयाँ छ ।

जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह Read Previous

जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह

बैंकको बेसरेट कोरोना कालकोभन्दा सस्तो, ५% सम्म झर्‍यो, कुनको कति ? Read Next

बैंकको बेसरेट कोरोना कालकोभन्दा सस्तो, ५% सम्म झर्‍यो, कुनको कति ?