काठमाडौं । नेपाल बैंकर्स संघले पछिल्लो समयमा कर्जाको माग आउन थालेको बताएकाे छ ।
मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै संघले पछिल्लो समयमा जलविद्युत र पर्यटन क्षेत्रमा कर्जाको माग उल्लेखनीय रुपमा बढेको बताएको हो ।
यद्यपि, निक्षेप संकलनको तुलनामा कर्जाको माग अझै बढ्न नसकेको संघको भनाइ छ । संघका अध्यक्ष सन्तोष कोइरालाले निक्षेपको तुलनामा अझै पनि कर्जाको माग बढ्न नसकेको बताए ।
विगतमा उद्योगी व्यवसायीमा आत्मविश्वासको कमीका कारण कर्जाको माग आउन नसकेको उल्लेख गर्दै पछिल्लो समयमा केही सुधार भएको उनको भनाइ छ । ‘ पछिल्लो समय कर्जाको माग बढ्न थालेको छ, विशेषगरी पर्यटन क्षेत्रमा माग उच्च छ, अब कर्जा बढ्छ भन्ने अपेक्षा गरौं’ उनले भने ।
उनले स्थानीय तहहरूले कर्जा रिकभरीमा सहयोग नगरेकाले बैंकको खराब कर्जा बढ्दै गएको बताए । बैंकहरूको कर्जा असुली प्रभावित भएकाले त्यसको असर खुद नाफामा परेको उनले बताए ।