काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । आइतबार १२ अंकले बढेको नेप्से आज ६ अंकले बढेको हो ।
सोमबार नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ बिन्दुमा पुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३२ करोडले बढेर ६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशतले बढेको छ भने फाइनान्स समूह २.५३ प्रतिशतले घटेको छ ।
आज रिभर फल्स पावरको सर्वाधिक २४ करोड १ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन पावर पार्टनरको १८ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ ।
आज मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.०५ प्रतिशतले बढेको छ । त्यस्तै, रिभर फल्स पावरको ७.७० प्रतिशत, दोल्ती पावरको ७.४७ प्रतिशत, मध्यभोटेकोशी, बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ ।
आज वीन नेपाल लघुवित्त, सुपर मादी हाइड्रोपावर र भूगोल इनर्जीेको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।