
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को झण्डै १ करोड कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।
बैंकले विद्यमान संस्थापक सेयरधनी एनआइसी एशिया बैंकको नाममा रहेको कुल ९८ लाख कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका विद्यमान संस्थापक, अन्य जो कोही व्यक्ति वा सघं सस्थाले पनि आवेदन दिन सक्नेछन् ।
बैंकको सेयर किन्न इच्छुक व्यक्ति वा संस्थाले आजको ७ दिन भित्र निफ्राको रजिष्टर्ड कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आफूले किन्न चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई आवेदन दिनुपर्नेछ ।
उक्त लिलामी सेयरको न्यूनतम मूल्य तोकिएको छैन ।