काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संगठन नेपाल बैंकर्स संघको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ। निर्वाचित भएको १ महिनापछि नवनिर्वाचित अध्यक्ष भुवन दाहालसहितको कार्यसमितिले पदभार ग्रहण गरेको हो।
गत मंसिर १९ गते सम्पन्न बैंकर्स संघको वार्षिक साधारण सभाले सानिमा बैंकको सीईओ भुवन दाहालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे थियो ।
संघको उपध्याक्षमा नेपाल एसबीआई बैंकका सीईओ अनुकुल भटनागरले नै निरन्तरता पाएका छन्। यसका साथै सिभिल बैंकका सीईओ गोविन्द गुरुङ्ग, नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीईओ रमेशराज अर्याल र माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्माले पनि सदस्य पदमा निरन्तरता पाएका छन्।
नयाँ कार्यसमितिमा ४ नयाँ अनुहार आएका छन् । जसमा एनएमबि बैंकका सीईओ सुनिल केसी, नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी, मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, सनराइज बैंकका सीईओ जनक शर्मा पौड्याल सदस्यमा पदमा चयन भएका छन् ।