पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

निगम सञ्चालक समितिको बुधबारको बैठकले मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटल २ रुपैयाँ र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६२.५० रुपैयाँ, दोस्रो वर्गमा १६४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल पहिलो वर्गका लागि प्रतिलिटर १५३.५० रुपैयाँ, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश Read Previous

रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

इजरेल र हमासबीच युद्धविराम, बन्धक रिहा गर्ने सम्झौता Read Next

इजरेल र हमासबीच युद्धविराम, बन्धक रिहा गर्ने सम्झौता