रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

लामिछाने विरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन र संगठित अपराधको आरोपमा मुद्दा दायर भएको थियो ।

यसअघि पुस २५ गते उनी कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । कास्कीमा लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा दायर भएको थियो ।

आयल निगमको धनगढी डिपो गोदावरीमा सारिँदै, २१ बिघा जग्गा पहिचान Read Previous

आयल निगमको धनगढी डिपो गोदावरीमा सारिँदै, २१ बिघा जग्गा पहिचान

पेट्रोल र डिजेलको मूल्य बढ्यो Read Next

पेट्रोल र डिजेलको मूल्य बढ्यो