सञ्चालनमा आयो फ्रान्सेली ब्राण्डको पहिलो पाँचतारे होटल मर्क्योर

काठमाडौं। काठमाडौंको सुकेधारामा निर्मित फ्रान्सेली ब्राण्डको पहिलो पाँचतारे होटल मर्क्योर सञ्चालनमा आएको छ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त होटलको उद्घाटन गरेका हुन् । एबी होल्डिङले ३ अर्ब रुपैयाँ लगानीमा उक्त होटल सञ्चालनमा ल्याएको हो ।

होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मर्क्योर होटेल सञ्चालामा आएको हो । एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका १०० बढी देशका ५ हजार ४०० बढी होटलको व्यवस्थापन हेरिरहेको उक्त समूहले नेपालमा पहिलो पटक द मेट्रोपोलिटनमा मर्क्योर  ब्राण्डमा होटल व्यवस्थापन सम्हालेको हो।

प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायमा मर्क्योरले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताए ।

५ रोपनी क्षेत्रफलमा फैलिएको ११ तले होटलमा १०४ वटा कोठा छन्। होटलमा नेपाली, इण्डियन, चाइनिज रेस्टुराँ, लबी बार, स्वीमिङ पुलसँगै बैंक्वेट हल समेत छ । होटलमा कार्यक्रम र बैंठकका लागि पर्याप्त स्वीट हलसमेत उपलब्ध छ। यस्तै आधुनिक जिम, स्टीम र सौना, वेलनेस सेन्टरसमेत रहेको छ।

पेप्सीकोलाबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद Read Previous

पेप्सीकोलाबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद

माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न  Read Next

माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न