पेप्सीकोलाबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद

काठमाडौं । काठमाडौंको पेप्सीकोलाबाट ४ क्विन्टलभन्दा धेरै रक्तचन्दन बरामद भएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान बोरामा प्याक गरेर राखिएको अवस्थामा ४६२ किलो रक्तचन्दन बरामद गरेको हो ।

प्रहरीले उक्त घटनामा संलग्नको आरोपमा काठमाडौं ४१ वर्षीय रमेश थापा र ४० वर्षीय ज्ञानबहादुर तिमल्सिनालाई पक्राउ समेत गरेको छ ।

उक्त रक्तचन्दन कहिले कहाँबाट ल्याइएको थियो र कहाँ लगिँदै थियो भन्ने खुलिसकेको छैन। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तत्काल संसद् अधिवेशन आह्वान गर्न प्रतिपक्षी दलहरूको माग Read Previous

तत्काल संसद् अधिवेशन आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

सञ्चालनमा आयो फ्रान्सेली ब्राण्डको पहिलो पाँचतारे होटल मर्क्योर Read Next

सञ्चालनमा आयो फ्रान्सेली ब्राण्डको पहिलो पाँचतारे होटल मर्क्योर