कानुन संशोधन स्वागतयोग्य, पूर्ण कार्यान्वयन अत्यावश्यक छ : सीएनआइ

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआइ)ले सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार्नका लागि हालै अध्यादेशमार्फत कानुनहरू संशोधन गरिनु स्वागतयोग्य रहेको बताएको छ ।

परिसंघले एक विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदमको स्वाग गर्दै पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो ।

‘सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत ११ वटा, सुशासन प्रबद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत १२ वटासहित जम्मा २४ वटा कानुनहरूमा गरिएको संशोधनले मुलुकमा लगानी अभिबृद्धि गर्न सहयोग पुग्नेछ,’ परिसंघले भनेको छ ।

परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधार सम्बन्धि विस्तृत अध्ययनसहितको सुझाव सरकारलाई बुझाएको थियो । समृद्ध अर्थतन्त्र निर्माणका लागि कानुनमा सुधार अपरिहार्य रहेको अवस्थामा सरकारले केही कानुनहरूमा गरेको सुधारका लागि परिसंघ नेपाल सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दै परसिंघले कानुनहरूको प्रभावकारी कार्यान्वयनका लागि अनुरोध समेत गर्दछ ।

हाल बजारको समग्र मागमा आएको उच्च संकुचन तथा व्यवसायीहरूको खस्कदो मनोबललगायतका कारणले लगानी बढ्न नसकिरहेको अवस्थामा कानुनहरूमा गरिएको सुधारले लगानीकर्तामा सकारात्मक सन्देश जाने परिसंघको विश्वास छ ।

यद्यपि, गतको बैशाखमा सम्पन्न लगानी सम्मेलनको पूर्व सन्ध्यामा केही कानुनहरूमा संशोधन गरिएतापनि समयमै आवश्यक नियमावली तथा कार्याविधि नबनाइदा सुधार गरिएका कानुनहरूबाट अपेक्षाकृत उपलब्धी हासिल हुन नसकेकोतर्फ गम्भिर हुँदै हाल सुधार गरिएका कानुनको प्रभावकारी कार्यान्वयनका लागि समयमै आवश्यक नियमावली तथा कार्याविधिहरू ल्याउन समेत परिसंघ सम्बन्धित सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।

परिसंघले सुधारका लागि माग गर्दै आएको अर्थसँग सम्बन्धित, भूमिसँग सम्बन्धित तथा सार्वजनिक खरिदलगायतका कानुनहरूमा समेत यथाशिघ्र सुधार गर्न परिसंघले माग गरेको छ ।

कालीगण्डकी करिडोरको फलेवास-अर्मादी सडकलाई बजेट सुनिश्चित Read Previous

कालीगण्डकी करिडोरको फलेवास-अर्मादी सडकलाई बजेट सुनिश्चित

बैंकमा पैसा थुप्रेपछि थप ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक Read Next

बैंकमा पैसा थुप्रेपछि थप ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक