माघ ८ गतेदेखि आइपीओ बिक्री गर्दै नेपाल माइक्रो इन्स्योरेन्स

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले माघ २२ गतेसम्म कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा कम्प्नीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

नेपाल माइक्रो आइपीओ बिक्री गर्ने दोस्रो लघुबीमा कम्पनी हो । यसअघि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ बिक्री गरेको थियो ।

राष्ट्र बैंकद्धारा मनोकामना मनिचेञ्जरको लाइसेन्स खारेज Read Previous

राष्ट्र बैंकद्धारा मनोकामना मनिचेञ्जरको लाइसेन्स खारेज

कोशी प्रदेशमा घट्यो कृषि गर्ने जमिनको क्षेत्रफल Read Next

कोशी प्रदेशमा घट्यो कृषि गर्ने जमिनको क्षेत्रफल