राष्ट्र बैंकद्धारा मनोकामना मनिचेञ्जरको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मनोकामना मनिचेञ्जर (वीरगंज, पर्सा)को लाइसेन्स खारेज गरेको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै भारतीय रुपैयाँ खरिद बिक्री गर्न इजाजतपत्र प्राप्त गरेको उक्त मनिचेञ्जरको इजाजतपत्र रद्द गरिएको जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था बमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको केन्द्रीय बैंकले जनाएको छ ।

साथै, अब उप्रान्त सो मनिचेञ्जरसँग कुनै पनि कारोबार नगर्न/नगराउनु हुन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

'प्रविधि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको छ' Read Previous

'प्रविधि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको छ'

माघ ८ गतेदेखि आइपीओ बिक्री गर्दै नेपाल माइक्रो इन्स्योरेन्स Read Next

माघ ८ गतेदेखि आइपीओ बिक्री गर्दै नेपाल माइक्रो इन्स्योरेन्स