बीमा के हो ? जीवन र निर्जीवन बीमाको महत्व बुझौँ

काठमाडौं । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा पाउनुहोस् बीमा भनेको के हो र यसका प्रकारहरू । बीमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।

बीमालाई मुख्यतः दुई प्रकारमा विभाजित गरिएको छ । जीवन बीमा र निर्जीवन बीमा । मानिसको जीवनमा आउने जोखिमबाट बच्न गरिने बीमा नै जीवन बीमा हो । मानिसको जीवनमा आइपर्ने जोखिमबाट कुनै क्षति पुगे वा मृत्यु भएमा बीमाले सो बापत आर्थिक क्षतिपूर्ति दिन्छ । यसले बीमा गर्ने व्यक्तिको परिवारको भविष्य सुरक्षित गर्दछ ।

त्यस्तै, निर्जीवन बीमा भनेकै सम्पत्ति तथा वस्तुमा हुने विभिन्न प्रकारको जोखिमहरू, भवितव्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षा गर्छ । हरेक वर्ष बाढी पहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपले धेरै क्षति पुर्याउने गरेको छ । व्यापार, व्यवसाय, उद्योगधन्दा, सम्पत्तीमा विभिन्न किसिमका प्राकृतिक तथा मानवीय कारणबाट आर्थिक क्षति हुन्छ । प्राकृतिक प्रकोपलाई त हामी कसैले रोक्न सक्दैनौं । तर सुरक्षित भने अवश्य हुनसक्छौं । यी सबैबाट सुरक्षित हुने भनेको बीमा गरेरै हो

हाल नेपालमा १४ वटा जीवन बीमा र १४ वटा नै निर्जीवन बीमा कम्पनी रहेका छन् । नेपालमा लोकप्रिय जीवन बीमाहरूमा टर्म इन्स्योरेन्स, होल लाइफ इन्स्योरेन्स, एन्डोमेन्ट प्लान्स र यूनिट लिंक्ड इन्स्योरेन्स प्लान्स रहेका छन् । जीवन बीमा अन्तर्गत बीमा गर्ने व्यक्तिको मृत्यु भएमा वा बीमाको मिति समाप्त भएपछि एकमुष्ट रकम प्रदान गरिन्छ जसले परिवारलाई आर्थिक स्थायित्व दिन्छ ।

नेपालको पुराना निर्जीवन बीमा कम्पनीहरूमध्ये एक हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआइ)लाई लिन सकिन्छ जसले व्यक्ति र व्यवसायहरूको आवश्यकताहरू पूरा गर्नका लागि विभिन्न निर्जीवन बीमाका सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

निर्जीवन बीमाले सम्पत्ति र सञ्चालनहरूको सुरक्षा गर्दछ । जस्तै सवारीसाधनको बीमा, सम्पत्ति बीमा, कृषि बीमा, मरिन कार्गो बीमा गर्न सकिन्छ ।

नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/८२ को तथ्याङ अनुसार नेपालमा दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेका छन् । ती घटनामा दैनिक औसतमा ८८ जना सडक दुर्घटनामा परी घाइते हुने गरेका छन् । सवारीसाधन बीमा गरे यस्ता जोखमबाट वित्तीय सुरक्षा लिन सकिन्छ । यसले सवारीसाधनका मालिकहरूलाई ढुक्कको महसुस गराउछ ।

असार-साउनमा हामी बाढीपहिरोबाट आक्रान्त हुन्छौं । गत असोजमा गएको बाढी र पहिरोले १७ अर्बभन्दा बढीको क्षति भयो । घर ढले, बस्ती बगे । अनि मुख्य चाडबाड आउछ चोरीका घटनाहरू बढ्छन् । गत दशैंको अविधभर काठमाडौं उपत्यकामा ११ वटा चोरीका घटना भए । अब सोच्नुस जिल्लामा कति भए होलान् । अब सोच्दै हुनुहुन्छ होला कसरी सुरक्षा अपनाउने त ?

सम्पत्ती बीमाले तपाईलाई सुरक्षित राख्छ । सम्पत्ती बीमाले आवासीय र व्यवसायिक सम्पत्तिलाई प्राकृतिक प्रकोप, चोरी वा दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा दिन्छ ।

नेपाल कृषि प्रधान देश । देश विकासको लागि कृषि क्षेत्रको विकास गर्नु अति आवश्यक हुन्छ । किसानलाई लक्षित गरि ल्याइएको कृषि बीमाले धेरै किसान सुरक्षित राखेको छ । साना र ठूला दुवै कृषकहरूको कृषि व्यवसायमा सम्भावित जोखमबाट हुन सक्ने क्षतिको रक्षाका लागि कृषि बीमा गराउनु पर्दछ । कृषि बीमा अन्तर्गत बाली बीमा, गाइवस्तु बीमा पर्दछन् ।

बाली बीमाले प्राकृतिक प्रकोप वा रोगहरूका कारण बाली नष्ट हुँदा किसानलाई क्षतिपूर्ति दिइन्छ भने गाइवस्तु बीमाले पशुचौपायामा लाग्ने रोग, दुर्घटना वा चोरी जस्ता जोखिमहरूबाट हुने क्षतिबाट सुरक्षित राख्छ ।

कोभिडपछिको समय हेर्ने हो भने अर्थतन्त्र केहि लयमा फर्किएको छ । व्यापारीहरूले केहि राहतको सास फेरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा १५ खर्ब ९२ अर्बको सामान आयात भयो भने १ खर्ब ५२ अर्बको निर्यात भयो । यसरी ढुवानी गर्दा सामान हराउने जोखिम धेरै हुन्छ । यसबाट बच्न मरिन कार्गो बीमा गर्न आवश्यक छ । यसले आर्थिक जोखिमहरू कम गर्दै व्यापारलाई निरन्तता दिन मद्दत गर्दछ ।

रविलाई न्यायिक हिरासतमा राख्न अदालतको आदेश Read Previous

रविलाई न्यायिक हिरासतमा राख्न अदालतको आदेश

'प्रविधि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको छ' Read Next

'प्रविधि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको छ'