काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीकै जिम्मामा राख्न आदेश दिएको छ ।
आइतबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो ।
कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा पुस २५ गते ६५ लाख धरौटीमा रिहा भएका लामिछाने आज काठमाडौं जिल्ला अदालतमा आफैं हाजिर भएका थिए ।
लामिछाने विरुद्ध काठमाडौंमा स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ । सो मुद्दाको आज थुनछेक बहस नभएपछि अदालतले उनलाई प्रहरीकै जिम्मा लगाउने आदेश दिएको हो ।
अब रविको थुनछेक वहस भोलि हुनेछ ।