काठमाडौं । कोशी प्रदेश सरकारले सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
गत १८ पुसमा वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो । समितिले काम थाल्नु अघि नै सरकारले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो। अब सोही समितिले सहकारीको सम्पूर्ण व्यवस्थापन हेर्नेछ ।
अम्बे कोशीका सञ्चालकहरूले बचतकर्ताहरूको करिब ६१ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोप छ। बचत अपचलनको आरोपमा सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगरसहित सञ्चालकहरू शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परिसकेका छन्।
सहकारीले विराटनगर, बिराटचोक र झापाको दमक गरी तीन स्थानमा सेवा केन्द्रसमेत सञ्चालन गरेको थियो।