बाक्लो हुस्सुका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । बाक्लो हुस्सुका कारण पूर्व-पश्चिम राममार्गअन्तर्गत बुटवल-नारायणगढ सडक अवरुद्ध भएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् ।

हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज विहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उनले बताए। बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताए । रासस

इटहरीको अम्बे सहकारी समस्याग्रस्त घोषित Read Previous

इटहरीको अम्बे सहकारी समस्याग्रस्त घोषित

नेप्सेमा लगातार छैटौं दिन वृद्धि, परिसूचक २६५० बिन्दु माथि पुग्यो Read Next

नेप्सेमा लगातार छैटौं दिन वृद्धि, परिसूचक २६५० बिन्दु माथि पुग्यो