भैरहवा विमानस्थलमा २९ पुसदेखि पुनः उडान गर्दै फ्लाइ दुबई

काठमाडौं । संयुक्त अरब इमिरेट्सको राष्ट्रिय ध्वजा बाहक फ्लाइ दुबईले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ ।

फ्लाइ दुबईले यही पुस २९ गतेदेखि पुनः उडान थाल्ने भएको हो ।

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले गत डिसेम्बर १५ देखि उडान रोकेको फ्लाइ दुबईले पुस २९ (जनवरी १३) देखि पुनः उडान थाल्ने जानकारी दिए ।

मंसिरसम्म ५ एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका थिए । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर, फ्लाइ दुबई, थाइ एयर एसिया र कतार एयरवेजले नियमित उडान गर्दै आएका थिए । तर, पुस लागेपछि मौसकको कारण देखाउँदै नेपाल एयरलाइन्स बाहेक अरुले उडान रोकेका थिए ।

माघ ४ देखि नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै Read Previous

माघ ४ देखि नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौंका  कैदीबन्दी धमाधम नुवाकोट कारागारमा स्थानन्तरण गरिँदै Read Next

काठमाडौंका  कैदीबन्दी धमाधम नुवाकोट कारागारमा स्थानन्तरण गरिँदै