काठमाडौं । आगामी माघ ४ गतेदेखि नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीआयोजना हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया (ईटीएसआइपीएल)ले संयुक्त रुपमा उक्त ३ दिने मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएका हुन् ।
उक्त मेलामा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुको प्रदर्शनी गरिने छ ।
उक्त प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्यातीप्राप्त ब्राण्डहरुका १०० भन्दा बढि स्टल रहनेछन्। फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुका बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी गराइने आयोजकले बताएको छ ।
यस अन्तराष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुको उल्लेखनीय सहभागिता रहनेछ ।
१० औं संस्करणमा धेरै नयाँ प्रविधि र सामग्रीका प्रदर्शनी हुनेछ। अवलोकनकर्ताहरुले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादनहरू हेर्न पाउनेछन् । प्रदर्शनीस्थलमा जानकारीमूलक सेमिनारहरू, अन्तर्क्रियात्मक कार्यशालाहरू र प्रत्यक्ष प्रस्तुतिकरणहरूको पनि आयोजना हुनेछ।
१० औं संस्करणमा फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको उल्लेख्य सहभागिता रहनेछ।
यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा इन्टेरियर डिजाइनर एस्सोसियशन नेपाल, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाईउड उत्पादक संघ रहेका छन्।
यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने छ । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियरस् तथा इन्टिरियर डिजाइनरहरुको सहभागिता रहनेछ।
यस प्रदर्शनीले नेपालको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउनेछ।
यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धी कार्यहरुमा पनि सकारात्मक भूमिका निर्वाह विश्वास गरिएको छ।