फोनेपे बिजनेस एपमा ‘अन-रिक्वेस्ट विदड्रअल’ सुविधा अब निःशुल्क

काठमाडौं । फोनेपेले व्यवसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन-रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ।

यस सुविधाले व्यापारीहरूलाई कुनै पनि समयमा आफ्नो आवश्यकता अनुसार नगद निकाल्ने अवसर दिन्छ। अब, व्यापारीहरूले आफ्नो बैंक खातामा नगद तुरुन्तै निकासी गर्न सक्नेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क वा विलम्बको सामना गर्नु पर्दैन।

फोनेपेले यो सुविधा ल्याउनको उद्देश्य व्यापारीहरूको नगद प्रवाहमा पूर्ण नियन्त्रण दिनु हो । जसले गर्दा उनीहरूको वित्तीय व्यवस्थापन अझ प्रभावकारी र सुविधाजनक हुनेछ।

व्यापारीहरूले आपूर्ति कर्ताहरूलाई भुक्तानी गर्न, कर्मचारीहरूको तलव व्यवस्थापन गर्न र आकस्मिक खर्चहरूको सामना गर्न यो सुविधा प्रयोग गर्न सक्नेछन्। र यो सुविधा फोनेपे बिजनेस एपमा उपलब्ध छ।

व्यापारीहरूले आफूले चाहेको समयमा आफ्नो फोनेपे बिजनेस एप प्रयोग गरी नगद तुरुन्त आफ्नो बैंक खातामा निकाल्न सक्नेछन्। यस सुविधाले नगदको प्रवाहलाई तत्काल र अनुकूलनीय बनाउँछ । जसले व्यापारीको दैनिक कार्यलाई सहज बनाउँछ।

व्यापारीहरूले अब कुनै अतिरिक्त शुल्क नलागी आफ्नो नगद तुरुन्तै निकाल्न सक्नेछन्, जसले व्यापारका खर्चहरू घटाउँछ र तिनीहरूको वित्तीय व्यवस्थापनलाई सजिलो र प्रभावकारी बनाउँछ।

एकपटक यो सुविधा सक्रिय गरेपछि आवश्यक परेको जुनसुकै समयमा आफ्नो नगद ,कुनै अतिरिक्त शुल्क बिना नै तुरुन्तै आफ्नो बैंक खातामा निकासी गर्न सक्नेछन् ।

आर्थिक विकासका लागि माघ ११ देखि ‘विराट एक्स्पो’ हुँदै Read Previous

आर्थिक विकासका लागि माघ ११ देखि ‘विराट एक्स्पो’ हुँदै

ललितपुरको कल सेन्टरमा सीआइबीको छापा, ५३ जना पक्राउ Read Next

ललितपुरको कल सेन्टरमा सीआइबीको छापा, ५३ जना पक्राउ