ललितपुरको कल सेन्टरमा सीआइबीको छापा, ५३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ललितपुरको सातदोबाटोस्थित एक कल सेन्टरबाट ५३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार राति छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ८५ वटा ल्यापटप र ८२ थान मोबाइल फोन पनि बरामद गरेको छ ।

हाल अनुसन्धान जारी रहेको र आज अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

फोनेपे बिजनेस एपमा 'अन-रिक्वेस्ट विदड्रअल' सुविधा अब निःशुल्क Read Previous

फोनेपे बिजनेस एपमा 'अन-रिक्वेस्ट विदड्रअल' सुविधा अब निःशुल्क

केयर गिभरमा इजरायल जानेको स्वास्थ्य परीक्षण यी ५ संस्थाले गर्ने Read Next

केयर गिभरमा इजरायल जानेको स्वास्थ्य परीक्षण यी ५ संस्थाले गर्ने