एकैपटक १८ कम्पनीलाई कालोसूचीमा राखिँदै, सोधियो ७ दिने स्पष्टीकरण

काठमाडौं । सरकारले एकैपटक १८ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार १८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।

देशभरका विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राख्न लागेको हो ।

कार्यालयले ती कम्पनीहरूलाई कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न अल्टिमेटम दिएको छ । आग्रह गरेको छ ।

कार्यालयले यसअघि ३० दिन भित्र स्ष्पटीकरण पेश गर्न भने पनि कुनै कम्पनीले नबुझाएपछि फेरि ७ दिनको म्याद दिएको हो ।

यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ ।

सन् २०२४ मा त्रिभुवन विमानस्थलबाट हालसम्मकै धेरैले गरे यात्रा Read Previous

सन् २०२४ मा त्रिभुवन विमानस्थलबाट हालसम्मकै धेरैले गरे यात्रा

एनआरएनए नागरिकताको समस्या हिउँदे अधिवेशनबाट सम्बोधन गर्ने गृहमन्त्रीको आश्वासन Read Next

एनआरएनए नागरिकताको समस्या हिउँदे अधिवेशनबाट सम्बोधन गर्ने गृहमन्त्रीको आश्वासन