सन् २०२४ मा त्रिभुवन विमानस्थलबाट हालसम्मकै धेरैले गरे यात्रा

काठमाडौं । सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै इतिहासकै धेरै यात्रुले यात्रा गरेका छन् । यस वर्ष त्रिभुवन विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय (दुईतर्फी) गरी ९४ लाख २३ हजार ७२५ यात्रुले यात्रा गरेका हुन् ।

यो उक्त विमानस्थल हुँदै कुनै पनि १ वर्षमा यात्रा गर्नेको हालसम्मकै धेरै संख्या हो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलमा सन् २०२३ को तुलनामा २०२४ मा हवाई यात्रीको संख्या झण्डै ९ प्रतिशतले बढेको हो । सन् २०२३ मा काठमाडौं विमानस्थलबाट ८६ लाख ५४ हजार यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरेका थिए ।

सन् २०२४ मा त्रिभुवन विमानस्थलबाट आन्तरिकतर्फ ४४ लाख ६० हजार ३६१ जना र अन्तर्राष्ट्रियतर्फ ४९ लाख ६३ हजार ३६४ जना यात्रुले ओहोरदोहोर गरेका थिए ।

पछिल्ला वर्षहरुमा त्रिभुवन विमानस्थलले क्षमताभन्दा धेरै यात्रुलाई सेवा दिँदै आएको छ । यसको वार्षिक क्षमता ८० लाख यात्रुलाई सेवा दिने रहेको छ ।

काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलको प्रतिघण्टा करिब ७०० र अन्तर्राष्ट्रिय टर्मिनलको प्रतिघण्टा १५०० यात्रु सेवा दिन सक्ने क्षमता रहेको छ । उडानतर्फ काठमाडौं विमानस्थलले प्रतिघण्टा सफा मौसममा ३३ वटा उडान गराउन सक्छ ।

ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो कुलमानलाई स्पष्टीकरण Read Previous

ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो कुलमानलाई स्पष्टीकरण

एकैपटक १८ कम्पनीलाई कालोसूचीमा राखिँदै, सोधियो ७ दिने स्पष्टीकरण Read Next

एकैपटक १८ कम्पनीलाई कालोसूचीमा राखिँदै, सोधियो ७ दिने स्पष्टीकरण