सिटिजन बैंकको ‘मास्टर कार्ड’ सेवा शुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एटीएम मास्टर कार्डको सुरुवात गरेको छ । सेवाको आरम्भसँगै मास्टरकार्ड, मास्ट्रो तथा सिरस ब्रान्डका कुनै पनि कार्ड बैंकको एटीएममा चल्नेछन् ।

 

नेपाल भ्रमण वर्ष २०२० को आरम्भसँगै थालनी गरिएको यो सेवाबाट विशेषगरी नेपाल आउने पर्यटक र मास्टरकार्ड ब्रान्डका कार्डवाहक ग्राहक लाभांवित हुने बैंकको विश्वास छ ।

 

बैंकले यसअघि नै भिसा तथा युनियन पेसँग सहकार्य गरी ती ब्रान्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ ।

यी हुन् विश्वका २० सुरक्षित एयरलाइन्स कम्पनी Read Previous

यी हुन् विश्वका २० सुरक्षित एयरलाइन्स कम्पनी

दुई लघुवित्तले बुधबारदेखि संयुक्त कारोबार गर्ने Read Next

दुई लघुवित्तले बुधबारदेखि संयुक्त कारोबार गर्ने