यी हुन् विश्वका २० सुरक्षित एयरलाइन्स कम्पनी

सिड्नी । अष्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टाज विश्वकै सबैभन्दा सुरक्षित विमान कम्पनीमा छनोट भएको छ । एयरलाइनरेटिङ्गस डट कमले सार्वजनिक गरेको सूची अनुसार क्वान्टाज विश्वकै सुरक्षित एयरलाइन्समा छनोट भएको हो । सो विमान कम्पनीको ६० वर्षको इतिहासमा अहिलेसम्म गम्भीर दुर्घटना नभएको जनाएकाे छन् ।

 

विश्वका ४०५ वटा विमान कम्पनीमा अनुगमन गरिएको थियो । एयरलाइन्स कम्पनीको दुर्घटना संख्या, मानवीय क्षति, यात्रुले गरेको सुरक्षाको अनुभूतिलगायतका आधारमा रेटिङ गरिएको थियो । हरेक विमानमा दिनैपिच्छे केही न केही समस्या हुन्छ तर सो रेटिङ्गका क्रममा सामान्य घटनालाई आधार नमानिएको वेबसाइटमा उल्लेख गरिएको छ ।

 

दोस्रोमा एयर न्यूजील्यान्ड परेको छ भने ताइवानको इमा एयर तेस्रो भएको छ । यूएईको इत्तिहाद एयरवेज नयाँ प्रवेशीको रुपमा यसपालि चौथो स्थान हासिल गर्न सफल भएको छ ।

 

बाँकी शीर्ष १० मा कतार एयरवेज, सिंगापुर एयरलाइन्स, इमिरेट्स, अलास्का एयरलाइन्स, क्याथी प्यासिफिक र भर्जिन अष्ट्रेलिया रहेको सो अनुगमन प्रतिवेदनमा जनाइएको छ ।

 

१० देखि २० सम्मको सूचकांकमा हवाइन एयरलाइन्स, भर्जिन एटलान्टिक, ट्याप एयर पोर्चुगल, एसएस, रोयल जोर्डनियन, स्वीस, फिन एयर, लुफ्थान्सा, एयर लिन्गुस र केएलएम रहेको सो सूचीमा उल्लेख छ ।
-एजेन्सी

इलामबाट तराई जोड्ने फास्टट्रयाक सञ्चालनमा Read Previous

इलामबाट तराई जोड्ने फास्टट्रयाक सञ्चालनमा

सिटिजन बैंकको ‘मास्टर कार्ड’ सेवा शुरु Read Next

सिटिजन बैंकको ‘मास्टर कार्ड’ सेवा शुरु