भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको जहाज आकष्मिक अवतरण गरिएको छ ।

बुद्धको उडान नं. ९५३ को कलसाइन नाइनएन-एजेएस जहाजको दायाँ इन्जिनमा समस्या देखिएपछि उक्त जहाजलाई बीचबाटै काठमाडौं फर्काइएको हो ।

काठमाडौंबाट १०ः३८ बजे उडेको उक्त जहाज बिहान ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको विमानस्थल कार्यालयले जनाएको छ ।

उक्त जहाजले झण्डै आधा उडान गरिसकेको अवस्थामा समस्या देखिएपछि फर्काइएको बताइएको छ । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।

उक्त जहाजका यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ ।

 

सेनिटरी प्याडमा लुकाएर सुन तस्करी, ३ जना पक्राउ Read Previous

सेनिटरी प्याडमा लुकाएर सुन तस्करी, ३ जना पक्राउ

टोखाका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ Read Next

टोखाका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ