सेनिटरी प्याडमा लुकाएर सुन तस्करी, ३ जना पक्राउ

काठमाडौं । यूएईको दुवईबाट अवैध रुपमा ल्याइएको आधा किलो सुन लुटिएको छ । पुस १४ गते दिउँसो साढे २ बजे फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएकी एक महिलाले अवैध रुपमा ल्याएको ४३६.१० ग्राम सुन लुटिएको हो ।

ती महिलाले अवैध रुपमा ल्याएको सुन लुटिएको खबर प्रहरीले पाएको थियो । सोही अनुसार अनुसन्धानको क्रममा ३ जना पक्राउ परेका हुन् ।

प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिका–६ बस्ने २२ वर्षीया लालबहादुर तामाङलाई सुन तस्करीको आरोपमा पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ परेका ३ जनाबारे अनुसन्धान गर्दा महिलाले लगाउने सेनिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको हो । दुवईमा सुनलाई गालेर सेनेटरी प्याडमा लेपन गरी ती महिलाले लगाएर आएको खुलेको हो । लुटेराहरूबाट प्रहरीले ३ थान मोबाइल र मोटरसाइकल समेत बरामद गरेको छ ।

 

कुलेखानी पुग्ने महालक्ष्मी खोला-मातातीर्थ सडक माघ ७ सम्म बन्द Read Previous

कुलेखानी पुग्ने महालक्ष्मी खोला-मातातीर्थ सडक माघ ७ सम्म बन्द

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या Read Next

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या