यती एयरलाइन्सले ल्यायो ट्राभल कार्ड, २५ हजारमा १० वटा टिकट पाइने

काठमाडौं । यती एयरलाइन्सले ‘यति ट्राभल कार्ड’ प्रयोगमा ल्याएको छ ।

एयरलाइन्सले बारम्बार यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकलाई लक्षित गर्दै उक्त कार्ड सेवा संचालनमा ल्याएको हो ।

एयरलाइन्सका अनुसार ग्राहकले एकपटकमा २५ हजार रुपैयाँ भुक्तानी गरेर कार्ड खरिद गर्न सक्नेछन् । यस कार्डमा ग्राहकले १० वटा टिकट पाउने छन् ।

उक्त टिकट ग्राहकले ४ महिना भित्र प्रयोग गरिसक्नुपर्नेछ । यती एयरलाइन्सले सेवा दिने देशभित्रका जुनसुकै रुटमा उक्त टिकट प्रयोग गर्न पाइने एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका अनुसार उक्त टिकट अरु व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन । यो अफर जनवरी २०२५ सम्म मात्रै लागू हुने एयरलाइन्सले जनाएको छ ।

विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्यो Read Previous

विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्यो

लगानीकर्ता आत्तिँदा नेप्सेमा पहिरो, २१३ कम्पनीको मूल्य घट्यो Read Next

लगानीकर्ता आत्तिँदा नेप्सेमा पहिरो, २१३ कम्पनीको मूल्य घट्यो