विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्यो

बोन (जर्मनी) । संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यएूनएचसीआर) का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघेको छ ।

जर्मनीमा यूएनएचसीआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ–बाउरले शरणार्थीको तथ्याङ्कहरूलाई चिन्ताजनक रूपमा वर्णन गरे।

यूएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले सन् २०२३ मा विश्वव्यापी शरणार्थी जनसङ्ख्या ११ करोड ७४ लाख अनुमान गरिएको देखाएको छ । यो वृद्धि मुख्यतया सुडानमा गृहयुद्धको कारण हो ।

अप्रिल सन् २०२३ मा हिंसा बढेपछि एक करोड १८ लाख भन्दा बढी मानिस सुडानबाट भाग्न बाध्य भएको बयानमा उल्लेख छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो तथा म्यानमारको अवस्थाले शरणार्थी सङ्ख्यामा वृद्धिमा योगदान पुर्याएको छ ।

गाजा र लेबनानमा द्वन्द्वको परिणामस्वरूप १७ लाख भन्दा बढी मानिसहरूलाई जबरजस्ती विस्थापित भएको छ ।

नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार Read Previous

नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार

यती एयरलाइन्सले ल्यायो ट्राभल कार्ड, २५ हजारमा १० वटा टिकट पाइने Read Next

यती एयरलाइन्सले ल्यायो ट्राभल कार्ड, २५ हजारमा १० वटा टिकट पाइने