बाढीको क्षतिबाट १३ अर्बको बीमा दाबी, डेढ अर्ब मात्रै भुक्तानी

काठमाडौं । गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट बीमा कम्पनीहरुमा झण्डै १३अर्ब रुपैयाँ बराबरको दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार पुस ११ गतेसम्म १८ निर्जीवन बीमा कम्पनीमा कुल १२ अर्ब ८८ करोड ९३ लाख ६१ हजार ५७ रुपैयाँ बराबरको बीमा परेको हो । ३ हजार ६७६ निवेदनमार्फत उक्त रकम बीमा दाबी गरिएको हो ।

प्राधिकरणका अनुसार कुल दाबीमध्ये पुस ११ गतेसम्म १ अर्ब ५२ करोड १८ लाख ९ हजार ३१८ रूपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । ३ हजार ६७६ निवदेनमध्ये हालसम्म १ हजार ७२० वटाको दाबी भुक्तानी गरिएको हो । ठूलो रकम बीमा दाबी भए पनि कम्पनीहरुले भने न्यून मात्रमा भुक्तानी गरेको देखिएको छ ।

बाढी पहिरोको क्षतिबाट परेको बीमा दाबी रकम निर्जीवन बीमा कम्पनीहरुले चालु आवको ४ महिनामा गरेको कुल व्यवसायभन्दा १ अर्ब रुपैयाँ मात्रै कम हो । कात्तिकसम्म १८ कम्पनीले १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।

नेपाललाई थप ३५० मेगावाट बिजुली आयात गर्न भारतको अनुमति Read Previous

नेपाललाई थप ३५० मेगावाट बिजुली आयात गर्न भारतको अनुमति

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन Read Next

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन