नेपाललाई थप ३५० मेगावाट बिजुली आयात गर्न भारतको अनुमति

काठमाडौं । भारत सरकारले थप ३५० मेगावाट बिजुली नेपाल निर्यात गर्न  अनुमति दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भारतको विहार र उत्तर प्रदेशबाट थप ३५० बिजुली आयात गर्न अनुमति पाएको हो । यससँगै हिउँदयाममा बिजुलीको माग व्यवस्थापन गर्न सहज हुने भएको छ ।

प्राधिकरणले भारतसँग विहारबाट ४५० मेगावाट र उत्तरप्रदेशबाट १५० मेगावाट गरीक कुल ६०० मेगावाट बिजुली आयात गर्न माग गरेको थियो । तर, भारतले ३५० मेगावाटका लागि मात्रै अनुमति पाएको हो ।

प्राधिकरणले १३२ केभी कटैया (भारत)-कुशवा (नेपाल), रक्सौल-परवानीपुर, र गण्डक (नेपाल)- रामनगर (भारत) प्रसारण लाइनबाट ३०० मेगावाट र मैनहिया (नेपाल)-सम्पतिया (न्यु नौतनवा, भारत) प्रसारणलाइनबाट ५० मेगावाट बिजुली आयत गर्न अनुमति पाएकाे हो ।

भारतले आगामी मार्च १५ सम्म दैनिक २० घण्टा बिजुली आयात गर्न अनुमति अनुमति दिएको हो । भारतले साँझ ५ बजेदेखि राति ९ बजेसम्म भने नेपाललाई बिजुली दिँदैन ।

भारतले यसअघि नै नेपाललाई ६५४ मेगावाट बिजुली आयातका लागि अनुमति दिएको थियो । थप ३५० मेगावाटसँगै अब नेपालले भारतबाट १ हजार ४ मेगावाट बिजुली आयात गर्न पाउने छ ।

नेपालले ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनबाट ६०० मेगावाट, टनकपुरबाट ५४ मेगावाट, कटैया-कुशवा, रक्सौल-परवानीपुर र गण्डक–रामनगर प्रसारण लाइनबाट ३०० मेगावाट र मैनहिया-सम्पतियाबाट ५० मेगावाट बिजुली आयात गर्न अनुमति पाएको छ ।

भारतबाट थप बिजुली आयात गर्न पाइने भएसँगै माग व्यवस्थापन गर्न प्राधिकरणलाई सहज हुने प्राधिकरणले जनाएको छ । हिउँद लागेसँगै नदीहरुमा पानीको सतह घट्दा विद्युत् उत्पादनमा कमी आएको छ । जसकारण प्राधिकरणले अहिले औद्योगिक क्षेत्रमा केही घण्टा विद्युत् आपूर्ति कटौती गरिरहेको छ । वर्षायाममा नेपालमै उत्पादित बिजुलीले माग धान्ने भए पनि हिउँदमा भने नेपाललाई भारतबाटै आयात गर्नुपर्ने बाध्यता छ ।

क्यान महासंघको नयाँ कार्यसमिति चयन Read Previous

क्यान महासंघको नयाँ कार्यसमिति चयन

बाढीको क्षतिबाट १३ अर्बको बीमा दाबी, डेढ अर्ब मात्रै भुक्तानी Read Next

बाढीको क्षतिबाट १३ अर्बको बीमा दाबी, डेढ अर्ब मात्रै भुक्तानी