लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएको छ ।

हेलि एभरेष्टको ‘९ एन-एकेजी’ हेलिकप्टरमा बनेपा क्षेत्रमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गराइएको छ ।

६ यात्रु सवार उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि कुनै मानवीय क्षति भने नभएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अहिले उक्त हेलिकप्टरको चेक जाँच भइरहेको छ ।

हेलिकोप्टरमा ५ विदेशी यात्रु र पाइलट थिए ।

बीमा दाबी भुक्तानीको जानकारी एसएमएस मार्फत गराउन प्राधिकरणको निर्देशन Read Previous

बीमा दाबी भुक्तानीको जानकारी एसएमएस मार्फत गराउन प्राधिकरणको निर्देशन

सहकारी सम्बन्धी अध्यादेश जारी, यस्ता छन् मुख्य व्यवस्था Read Next

सहकारी सम्बन्धी अध्यादेश जारी, यस्ता छन् मुख्य व्यवस्था