बीमा दाबी भुक्तानीको जानकारी एसएमएस मार्फत गराउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमितलाई बीमा दाबी तथा भुक्तानीको जानकारी एसएमएस मार्फत गराउन निर्देशन दिएको छ ।

प्राधिकरण संचालक समितिको पुस ४ गतेको निर्णय अनुसार सबै बीमा कम्पनीहरूलाई यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले बीमा दाबी निवेदन प्राप्त भएपछि सोको जानकारी एसएमएस मार्फत बीमितलाई गराउन निर्देशन दिएको छ ।

त्यस्तै, निर्जीवन बीमाको क्षति मूल्यांकन गर्न सर्भेयर खटाएको तथा प्रतिवेदन प्राप्त भएको सूचना बीमितलाई गराउन पनि भनेको छ ।

बीमा कम्पनीहरूलाई बीमा दायित्वको रकम बीमितको बैंक खातामा डिजिटल माध्यमबाट भुक्तानी गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले जीवन बीमा कम्पनीले दाबी भुक्तानी बापत् बीमितलाई भुक्तानी गर्नुपर्ने रकम दाखिला नगरेसम्म अन्य बीमालेखको रकम समायोजन गर्न नपाइने व्यवस्था गरेको छ ।

विदेशबाट पैसा पठाउँदा रोकायाले पाइन १ करोड पुरस्कार Read Previous

विदेशबाट पैसा पठाउँदा रोकायाले पाइन १ करोड पुरस्कार

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो Read Next

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो