एभरेष्ट बैंकको नयाँ शाखा फिदिम र फुङलिङमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाँचथरको फिदिम र ताप्लेजुङको फुङलिङ नगरपालिकामा नयाँ शाखा संचलनमा ल्याएको छ ।

बैंकले बैंकले पुस ११ गते फिदिम नगरपालिका पाँचथरमा १३०औं शाखा र पुस १२ गते फुङलिङ नगरपालिका ताप्लेजुङमा १३१औं शाखा संचालनमा ल्याएको हो ।

यी दुई शाखाको सञ्चालनपछि कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ। यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहकहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

बैंकले हाल देशभरका १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

घोराही उपमहानगरले डाक्टर र इञ्जिनियरिङ पढ्नेलाई ५ लाखसम्म छात्रवृत्ति दिने Read Previous

घोराही उपमहानगरले डाक्टर र इञ्जिनियरिङ पढ्नेलाई ५ लाखसम्म छात्रवृत्ति दिने

खाँदबारी-किमाथांका सडकको ट्र्याक खोल्ने काम अन्तिम चरणमा, चाँडो संचालनमा ल्याउन आग्रह Read Next

खाँदबारी-किमाथांका सडकको ट्र्याक खोल्ने काम अन्तिम चरणमा, चाँडो संचालनमा ल्याउन आग्रह