घोराही उपमहानगरले डाक्टर र इञ्जिनियरिङ पढ्नेलाई ५ लाखसम्म छात्रवृत्ति दिने

देउखुरी (दाङ) । दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही ३ लाख र ५ लाख रुपैयाँ छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

डाक्टर पढ्नेलाई छात्रवृत्तिबापत एकमुष्ट ५ लाख रुपैयाँ र इञ्जिनियर पढ्नेलाई एकमुष्ट ३ लाख रुपैयाँ प्रदान गर्नेबारे उपमहानगर सार्वजनिक सूचनामार्फत सबैलाई सूचित गरेको छ ।

त्यस्ता विद्यार्थीले पुस ८ देखि माघ ८ गतेसम्म सामाजिक विकास महाशाखामा प्रमाण पुग्ने कागजसहित निवेदन दिनुपर्नेछ । यो सुविधा पाउने विद्यार्थीले एसइई तथा प्लस टू सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको प्रमाणसहितका अन्य तोकिएका मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ ।

९ रुपैयाँको नुन किन्न २५०० रुपैयाँ खर्च ! Read Previous

९ रुपैयाँको नुन किन्न २५०० रुपैयाँ खर्च !

एभरेष्ट बैंकको नयाँ शाखा फिदिम र फुङलिङमा Read Next

एभरेष्ट बैंकको नयाँ शाखा फिदिम र फुङलिङमा