फेसियल हाउसले मनायो १७औं वार्षिकोत्सव

काठमाडौं । फेसियल हाउसले आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा काठमाडौंको त्रिपुरेश्वरस्थित बगनभिल्लामा भव्यतापूर्वक वार्षिकोत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि उपमेयर सुनिता डंगोलले फेसियल हाउसको १७औं वार्षिकउत्सवको शुभकामना व्यक्त गर्दै महिलाको शसक्तिकरण कस्तो हुन्न भन्ने कुरा फेसियल हाउसले देखाएको बताइन् । उनले भनिन्, ‘ब्युटिले ब्यक्तिको कन्फिडेन्स बढाउने अझ उत्साह ल्याउँछ त्यतिमात्र होइन एउटा महिलाको सफलताले धेरै महिला दिदीबहिनिलाइ प्रेरणा मिलेको छ।’

फेसियल हाउसको १७औं वार्षिकोत्सवमा यसका विभिन्न शाखामा कार्यरतमध्ये उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । प्रमुख अतिथि उपमेयर डंगोलको हातबाट गरिमा शाहीलाई बेस्ट अलराउन्डर पर्फर्मर अवार्ड प्रदान गरिएको छ । विनिता पुराकोटीलाई बेस्ट बिह्यावियर एण्ड भ्याल्युज अवार्ड दिइएको छ । पोखराबाट यही अवार्ड धना थापाले हात पारेकी छन् ।
त्यस्तै ‘वबस्ट कस्टमर सर्भिस’ अवार्ड चार जनालाई प्रदान गरिएको छ । सनिदेवल ठाकुर, जीवन चौधरी, मनोज ठाकुर र विजयकुमार ठाकुरले यो अवार्ड पाएका छन् ।

बेस्ट अप्रेशनल एक्सिलेन्स अवार्डबाट कमल ठाकुर सम्मानित भएका छन् । त्यसैगरी ‘बेस्ट पर्फर्मेन्स अफ इयर’ अवार्ड दुर्गा ढुंगानाले पाएकी छन् । पोखरा शाखाबाट इशा राना मगरलाई उक्त अवार्डबाट सम्मान गरिएको छ । त्यस्तै ‘बेस्ट पर्फर्मर’ अवार्डबाट अस्मिता थापा, पोखरा शाखाबाट झर्ना गुरूङ, तारा भुजेल, सृष्टि म्रिङचिङ, अंकिता लामा सम्मानित भएका छन् ।

बेस्ट स्किन केयरतर्फको अवार्ड जेनी तामाङ, पुनम घर्ती मगर, ईश्वरीकुमारी जोशी, इन्दु तामाङ, केएल टावर शाखाकी इन्दुमाया तामाङले पाएका छन् । त्यस्तै बेस्ट टिम इम्पावरमेन्टतर्फको अवार्ड प्रीति रानाले पाएकी छन् ।

कामपाको सहरी योजना आयोगबाट ८४ वटा परियोजनाको डीपीआर तयार Read Previous

कामपाको सहरी योजना आयोगबाट ८४ वटा परियोजनाको डीपीआर तयार

अमेरिकी डलरको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड Read Next

अमेरिकी डलरको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड