अपि पावरले चमेलिया जलविद्युतमा ७३ करोड लगानी गर्ने

काठमाडौं । अपि पावर कम्पनीले २८.३० चमेलिया जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनी संचालक समितिको पुस १० गते बसेको बैठकले उक्त आयोजनामा ७३ करोड रुपैयाँ स्वपूँजी लगानी गर्ने निर्णय गरेको हो ।

अपिले उक्त आयोजना प्रबद्र्धक दार्चुला पावर लिमिटेडमा ५१.५८ प्रतिशत सेयर स्वामित्व लिने गरी ७३ करोड रुपैयाँ लगानी गर्ने भएको हो । हाल सो आयोजनाको स्वपूँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

चमेलिया जलविद्युत आयोजना दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण भइरहेको छ ।

पोखरा विमानस्थलमा तेस्रो पटक चिनियाँ जहाज अवतरण Read Previous

पोखरा विमानस्थलमा तेस्रो पटक चिनियाँ जहाज अवतरण

दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा Read Next

दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा