पोखरा विमानस्थलमा तेस्रो पटक चिनियाँ जहाज अवतरण

काठमाडौं । पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तेस्रो पटक चिनियाँ जहाज अवतरण गरेको छ ।

बिहीबाट चीनको छेन्दु विमानस्थलबाट १२९ यात्रुसहित आएको सिचुवान एयरलाइन्सको चार्टर जहाज पोखरा विमानस्थलमा अवतरण गरेको हो ।

उक्त जहाज पोखरामा भोलिदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीहरू लिएर आएको हो ।

पोखरा विमानस्थलमा चिनियाँ जहाज अवतरण गरेको यो तेस्रो पटक हो ।

यसअघि पहिलोपटक २०८० असार ६ गते पोखरा विमानस्थलमा सिचुवान एयरलाइन्सले नै पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसपछि गत कात्तिक २१ गते पनि सिचुवानको चार्टर जहाज आएको थियो ।

२०७९ पुस १७ गतेदेखि संचालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । सरकारले उक्त विमानस्थल संचालनमा ल्याउन ग्राउण्ड ह्याण्डलिङ, हवाइ इन्धन लगायतमा छुट दिए पनि त्यहाँबाट उडान गर्न विदेशी एयरलाइन्स कम्पनीहरु आकर्षित हुन सकेका छैनन् ।

पोखरा विमानस्थल चीनको एक्जिम बैंकबाट २१ करोड ६० लाख रुपैयाँ डलर ऋण लिएर बनाइएको हो ।

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का Read Previous

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

अपि पावरले चमेलिया जलविद्युतमा ७३ करोड लगानी गर्ने Read Next

अपि पावरले चमेलिया जलविद्युतमा ७३ करोड लगानी गर्ने