पुस २१ देखि आइपीओ जारी गर्दै गार्डियन माइक्रो लाइफ

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीको आइपीओमा पुस २४ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

बजेट अभावले धनगढी-दिपायल सडकमा ८ पुल निर्माण प्रभावित Read Previous

बजेट अभावले धनगढी-दिपायल सडकमा ८ पुल निर्माण प्रभावित

सहकारीमा अधिकतम ५० लाख रुपैयाँसम्म मात्रै बचत गर्न पाइने Read Next

सहकारीमा अधिकतम ५० लाख रुपैयाँसम्म मात्रै बचत गर्न पाइने