वीरगञ्ज भन्सारले ५ महिनामा उठायो साढे ६४ अर्ब राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनाको अवधिमा ६४ अर्ब ५९ करोड ५१ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले कुल वार्षिक लक्ष्यको ५ महिनाको अवधिमा २९.५० प्रतिशत राजस्व सङ्कलन गरेको हो । कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा १२ अर्ब १६ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भदौ महिनामा १३ अर्ब ४३ करोड १० लाख, असोज महिनामा १३ अर्ब ४३ करोड र कात्तिक महिनामा ११ अर्ब १० करोड ५२ लाख राजस्व सङ्कलन गरेको थियो । तर मङ्सिर महिनामा भने १४ अर्ब ४१ करोड ५९ लाख रुपैयाँँ राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत आवको ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने राजस्व सङ्कलन २ अर्ब ५९ करोड १६ लाख ३० हजार बढेको छ । कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा भने ६२ अर्ब ३४ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो ।

बन्दीपुर घुम्न पुग्छन् दैनिक ५०० बढी पर्यटक, बास बस्नेको संख्या भने थोरै Read Previous

बन्दीपुर घुम्न पुग्छन् दैनिक ५०० बढी पर्यटक, बास बस्नेको संख्या भने थोरै

५ महिनामा पूँजीगत खर्चभन्दा ऋण तिर्न चार गुणा धेरै खर्च Read Next

५ महिनामा पूँजीगत खर्चभन्दा ऋण तिर्न चार गुणा धेरै खर्च