काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको पुस ५ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।