काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ।
कम्पनी संचालक समितिको पुस ५ गते बसेको बैठकले १:०.७५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ। कम्पनीको सभा दाङको घोराही उपमहानगरापलिका–१५, स्थित होटल पौवामा बिहान ९ बजे सुरू हुनेछ ।
कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस १७ गते बुकक्लोज तोकेको छ । सो अनुसार पुस १६ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन पाउने छन् ।